बाँकेका गाउँगाउमा रक्तदान उत्प्रेरणा

नेपालगन्ज १३ माघ, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा रेडक्रस अभिमुखीकरण र रक्तदान उत्प्रेरणा गोष्ठी आइतवार सीतापुरमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सीतापुर उपशाखाको आतिथ्यमा भएको उक्त कार्यक्रममा रेडक्रस अभियान, रेडक्रसका अंग, नेपाल रेडक्रसको विकास क्रम, रक्तदान गर्ने प्रक्रिया, कस्ता व्यक्तिले रक्तदान गर्न सक्ने, रगतको काम र सामाजिक लिङ्ग भेद भनेको के हो भन्ने विषयमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै नेरेसो बाँके शाखाका उपसभापति शान्ति श्रेष्ठले रेडक्रसमा महिलाहरुको सहभागिता बृद्धिमा जोड दिदै मानवीय सेवामा महिलाहरु आगाडी बढ्न आग्रह गर्नु भयो ।

नेरेसो सीतापुर उपशाखाका सभापति समर बहादुर खत्रीले यस उपशाखा क्षेत्रमा महिलाहरुलाई लक्षित गरी यो कार्यक्रम संचालन गरिएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा महिला जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, रेडक्रसको महिला सदस्य, उपशाखा कार्यसमिति लगायतको ५१ जनाको सहभागीता रहेको थियो ।

नेरेसो बाँके शाखाकी उपसभापति एवं लैङ्गिक समावेशीकरण समितिकी संयोजक शान्ति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा मन्त्री अजीज अहमद सिद्दिकी, शाखा कार्यसमिति सदस्य यमनारायण महतो लगायतले विचार व्यक्त गर्नु भएको थियो भने सहजकर्ताहरु शाखाका कार्यालय प्रमुख निरञ्जना मल्ल, जनसम्र्पक अधिकृत सरिता सिंह र का.मु.प्रशासन अधिकृत प्रहलाद विश्वकर्माले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस