संवैधानिक आयोगमा सरकारले गरेको सिफारिसप्रति कांग्रेसको बिरोध

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संबैधानिक आयोगका अध्यक्षका लागि सरकारले गरेको सिफारिसको बिरोध गरेको छ । प्रतिपक्षलाई नसोधी निर्णय गरेको भन्दै नेपाली कांग्रेसका सांसदहरुले बिरोध जनाएका हुन् ।

सोमबारको संसदीय सुनावाइले प्रस्तावित अध्यक्षहरुविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गर्ने कार्यसूची थियो । तर, कांग्रेस सांसदहरूले बिरोध उजुरी आव्हानको निर्णय नभएको समितिका उपसचिव केशव अर्यालाले जानकारी दिए ।

यही माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले बिभिन्न पाँचवटा आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको थियो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा।विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस भएको छ ।

सुनुवाईको प्रक्रियापछि मात्र आयोगका अध्यक्ष तथा सदस्यहरूको नियुक्त हुने व्यवस्था छ ।

संविधानको धारा २९२ मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने पदाधिकारीको संसदीय सुनुवाई हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस