बाँकेको विकट क्षेत्र  नरैनापुरमा सुशासन, समृद्धि र विकासका लागी प्रथम नरैनापुर दौडको तिब्र तयारी

नेपालगन्ज  । बाँकेको विकट क्षेत्र मानिएको नरैनापुरमा सुशासन, समृद्धि र विकासकालागिप्रथम नरैनापुर दौड २०७५कोतयारी अन्तिम चरणमापुगेको छ । सडक र बत्तीसंगै आवश्यकपुर्बाधारको अभावमा सो क्षेत्रको विकास हुन सकेको छैन भने, अशिक्षागरिबीले पनिपछाडी परेको क्षेत्रको रुपमा नरैनापुर चिनिन्छ ।
सो क्षेत्रको समग्र विकासकालागि खेलको माध्यमले सन्देश प्रवाहगरिने उद्देश्यले नरैनापुर प्रथम दौड २०७५ गर्न लागिएको नरैनापुर गाउँपालिकाकाअध्यक्षइस्तियाकअहमदशाहले बताउनुुभयो ।उहाँले नरैनापुर गाउँपालिकामा यो दौडपहिलो पटकहुुनलागेकोले यस दौडलाई सबैमिलेर सफलबनाउनपनिआग्रहगर्नु भयो ।नरैनापुर गाउँपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धानकेन्द्र नेपालगन्जले दौडको आयोजनागर्न लागेको हो ।
सो दौड प्रतियोगितामा त्यस क्षेत्रकायुवा, विद्यार्थी, किसान, कर्मचारी, महिला, समाजसेवीलगायत स्थानीयको उल्लेख्य रुपमा सहभागितारहने केन्द्रकाअध्यक्षविश्वजिततिवारीले बताउनुभयो । यस दौड प्रतियोगिताले नरैनापुरक्षेत्रमा खेलकुदको माध्यमले ठाउँको पहिचान, विकास, सुशासनसहितको सचेतनाअभिबृद्धिगर्ने लक्ष्य राखिएको नरैनापुर गाउँपालिकाकाप्रमुखप्रशासकीयअधिकृत दलबहादुुर बस्नेतले बताउनुुभयो ।
प्रतियोगितामाप्रथमहुनेलाई रु ७हजार, दोस्रोलाई रु ५ हजार र तेस्रो हुनेलाई रु ३ हजार नगद पुरस्कार प्रदानगरिने र आगामीबर्षहरुमापनिनिरन्तरतादिने र पुरस्कार राशीपनि बृद्धिगरिने गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकाको वार्ड नं. १ सुईया सिमानाकादेखि शुरु हुने दौड नरैनापुर गाउँपालिकामापुगेर समापनहुनेकार्यक्रम संयोजक रविन्द्र कुुमार ज्ञवालीजानकारी दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस