मेयरकपको फाइनलमा आदर्श र बाँके शिक्षा

नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघले आयोजना गरेको मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधिका लागि आदर्श मावि नेपालगञ्ज र बाँके शिक्षा भिड्ने भएका छन् ।
आदर्श मावि डिफेन्डिङ च्याम्पियन जिभिएनलाई ४–१ गोलले पाखा लगाउदै फाइनलमा पुगेको हो । आदर्शबाट रोशन बुढामगरले दुई र अतित बस्नेतले एक गोल गरेका थिए भने एक गोल जिभिएनका रमेश बुढाले आत्मघाती गरेका थिए । जिभिएनबाट क्षितिज थापामगरले एक गोल फर्काएका थिए । क्षितिज किपर हुन् । उनले मध्यान्तरपछिको खेल हुने क्रममा सेन्टरबाट हानेको बलले जाली चुमेको थियो । आदर्शका किपर डेविड केसीले टाढाबाट आएको बललाई नियन्त्रण गर्न नसक्दा आदर्शले एक गोल खाएको थियो ।
आदर्शले जिभिएनलाई दबाब बढाइरहेको थियो । जिभिएनका किपर क्षितिजले राम्रो प्रदर्शन गरे ।
बाँके शिक्षा पनि जनज्योती पब्लिकलाई ३–१ गोलले हराउदै फाइनल यात्रा तय ग¥यो । बाँके शिक्षाबाट सुजल रानामगरले दुई र विरु योगीले एक गोल गरेका थिए । जनज्योतीबाट ईश्वर जीएमले एक गोल गरे ।
मेयरको कपको फाइनल १८ गते शुक्रबार हुने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस