नेपाल विद्यार्थी संघ बाँकेले सरकार विरुद्ध  नेपालगन्जमा मसाल जुलुस

सरकार दुई तीहाईको दम्ब्भबाट अघि बढेको भन्दै नेपाल विद्यार्थी संघ बाँकेले सरकार विरुद्ध नाराबाजी गर्दै आज नेपालगन्जमा मसाल जुलुस निकालेको छ ।
पार्टी कार्यालय नेपालगन्जबाट निस्किएको राके जुलुस नेपालगन्जको बजार परिक्रमा गर्दै जबर्जस्ती पास गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर, भ्रष्टाचार र महंगी नियन्त्रण गर, निर्मलाका बललात्कारी र हत्यारालाई कारबाही गर, अधिनायकवाद लाद्न पाइँदैन लगायतका नारा लगाउँदै नेविसंघका नेता कार्यकर्ताले नेपालगन्जमा प्रदर्शन गरेका हुन्।
मसाल जुलुसमा सहभागी बिधाथीँ नेताहरूले सम्वोधन गर्दै सरकारले जबरर्जस्ती विधेयक पारित गरेकोले तत्काल विधेयक संशोधन गर्न समेत माग गरेका छ्न ।
निर्मला हत्या काण्डका दोशी, ह्वाइट बडीका दोषीलाई कारवाहीको दायरामा ल्याउन्न समेत माग गरे ।
नेविसंघले अनसनरत डा।गोविन्द केसीको मागलाई पनि तत्काल सम्बोधन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस