बिश्व साइकिल यात्री पुष्कर शाहलाई नेपाली राष्ट्रिय झण्डा प्रदान गरी साईकल यात्रा  ठाकुरद्वारा सुरु

नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको ‘यात्रा ठाकुरद्वारा–२०७५’ शुक्रबार बिहान नेपालगन्जको धार्मिक स्थल बागेश्वरी मन्दिरबाट शुरु भएको छ ।

शुक्रबार बिहान नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले बिश्व साइकिल यात्री पुष्कर शाहलाई नेपाली राष्ट्रिय झण्डा प्रदान गरी साईकल यात्राको शुभारम्भ गरे । साईकल यात्राको शुभारम्भ गर्दै डा. राणाले भने -‘अब यो साइकल यात्रा केवल यात्रामा सिमित नराखि यस्लाई प्रतियोगितात्मक हिसाबले अगाडि बढाउनु पर्छ ।’ उनले भने – ‘पर्यटकिय क्षेत्र रारा सम्म साइकल प्रतियोगिता राख्नु पर्छ ।’

साइकल चलाउनु स्वास्थ्यका लागि अति उत्तम रहेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले पनि साईकल सिटीको अबधारणा ल्याएको उप मेयर उमा थापामगरले बताईन ।यस्का लागि उपमहानगरपालिका सहयोगका लागी सधै तयार रहेको उनले बताइन ।

नेपालगन्ज साईक्लिङ्ग क्लबका अध्यक्ष केशर आलेले बाँके र बर्दिया जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न साइकल यात्रा शुरु गरिएको बताए । साईकल यात्रा बर्दियाको बाँसगढीमा निर्माणाधिन केदारेश्वर धाम, ठाकुरबाबा मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्ज सम्म हुने उनले बताए ।विश्वसाइकलयात्री पुष्कर शाहको नेतृत्वमा साइकलमै देशका ७७ जिल्ला भ्रमण गरेका भोजपुरका तेजप्रसाद पराजुली, एउटा मात्र खुट्टाले कैलाली–रारा ताल साइकल यात्रा गरेका कैलालीका यमलाल रसाइली, एउटै खुट्टाले साहसिक साइकल यात्रा गर्ने अर्का किशोर युवक लामा, ६४ वर्षका अष्ट्रेलियन साइकल यात्री नील र चार विदेशी महिलासहित लगभग ५० जना यात्रामा सहभागी भएको कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस