no-image

काठमाडौं – डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिरहेका १७ जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। आमरण अनसनरत डा केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गरिरहेका चिकित्सकलाई प्रहरीले नियन्त्रमा लिई नेपाल प्रहरी क्लवमा राखेको छ।

पक्राउ परेका १७ जना चिकित्सक मध्ये १५ जना पुरुष र दुई जना महिला छन्। उनीहरुलाई राष्ट्रपति कार्यालय अगाडिबाट पक्राउ गरिएको हो।

महानगरीय प्रहरी परिसरका प्रमुख बसन्त कुमार लामाले उनीहरुलाई राष्ट्रपति कार्यालय अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा पक्राउ गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस