no-image

पूर्वराष्ट्रपति डा. रामबरण यादवले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई सत्याग्रह ताेड्न आग्रह गरेका छन्।

शुक्रबार दिउँसो अनसनस्थलमै पुगेर अनसनरत डा. केसीलाई भेटी पूर्वराष्ट्रपति यादवले जीवन अमूल्य रहेकाले अनसन तोड्न आग्रह गरेका हुन्। पूर्वराष्ट्रपति यादवले भने,‘सरकारले पटक–पटक सम्झौता गर्‍यो तर, तपाईँका माग कार्यान्वयन भएनन्। अब तपाईँले उठाएका माग आम जनताकै भइसकेका छन्। अनसन छोड्नुस्, जीवन अमूल्य छ।’

पत्रकारहरुसँग कुराकानी गर्दै यादवले जीवन अमूल्य रहेकाले आफ्नो हठ छोडेर अब सत्याग्रह तोड्न आफूले आग्रह गरेको बताए। यादवले डा. केसीको स्वास्थ्य एकदमै विग्रिएको भन्दै तत्काल जीवन रक्षाका लागि पहल गर्न सरकारलाई आग्रह गरे।

‘डा. केसी र सरकारको दृष्टिकोण फरक हुन सक्छ। मैले सकारलाई आग्रह गर्छु सभ्य समाज र लोकतान्त्रिक मुलुकमा सरकारको काम सबैभन्दा पहिले नागरिकको जीवन रक्षा गर्नु हो। जीवन रक्षाका लागि सरकारले जतिसक्यो छिटो भन्दा छिटो वार्ता गरेर निकास निकालोस्।’

प्रतिक्रिया दिनुहोस