अनशनरत डा. केसीसँग भएको पूर्व सम्झौता पालना नगरेको भन्दै प्रतिपक्षी पार्टी नेपाली काँग्रेसले प्रदेश ५ को प्रदेश सभा बैठक अवरुद्ध

अनशनरत डा. केसीसँग भएको पूर्व सम्झौता पालना नगरेको भन्दै प्रतिपक्षी पार्टी नेपाली काँग्रेसले प्रदेश ५ को प्रदेश सभा बैठक अवरुद्ध पारेका छन् । अवरोधका कारण प्रदेशसभा बैठक स्थगित गरिएको छ । काँग्रेस सांसदहरुले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने लगायतका माग राखेका हुन् । लगातारको अवरोधपछि प्रदेशसभाको बैठक स्थगित गरेर माघ २२ गतेका लागि बोलाइएको छ । संघीय संसद समेत चल्न नदिएको काँग्रेसले प्रदेश सभाको बैठक सुरु हुनासाथ विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस