राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का सहायक प्रवक्ता तेज नारायण कडेल राप्रपा प्रजातान्त्रिकसँगको एकता प्रक्रियामा असमति जनाउदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का सहायक प्रवक्ता तेज नारायण कडेल राप्रपा प्रजातान्त्रिकसँगको एकता प्रक्रियामा असमति जनाउदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

कडेलले एक विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक, अपारदर्शी र हुकुमीशैलीबाट एकता गर्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले विज्ञप्तिमा भनेकाछन्, ‘पार्टीमा सामान्य छलफल समेत नगरी विधि-प्रक्रिया र पद्धतिको धज्जी उडाउदै केहि मुठ्ठीभरका व्यक्तिहरुको स्वेछाचारीढंगबाट गरिएको कृतिम एकताले भावनात्मक र सकरात्मक एकताको संदेश दिन सक्दैन ।’

उनले आजकै मितिबाट राप्रपाको संस्थापन पक्षको नीति विचार र सिद्धान्तप्रति प्रतिबद्ध बह्येर अगाडीको राजनीति अगाडी बढाउने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस