गलत क्रियाकलाप विरुद्ध राप्तीपारी कांग्रेसको प्रर्दशन

बाँके माघ १८ सरकारले गरेका गलत क्रियाकलापका विरुद्ध नेपाली कांग्रेसका कार्यकर्ताले गाउँ–गाउँमा प्रर्दशन गरेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामा शुक्रबार कांग्रेसका क्रियाशिल सदस्य एवम् कार्यकर्ताले वर्तमान सरकारको गलत क्रियाकलापको बिरोध प्रर्दशन गरेका हुन् । कम्युनिष्ट सरकारले दुई तिहाईको दम्भमा नेपाली जनतालाई धोका दिएको, जताततै महंगी, भ्रष्टाचार, बलात्कार बढेको कांग्रेस नेता, कार्यकर्ताले बताए । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसन बसेका डा। गोविन्द केसीको माग सम्बोधन गर्नुको साटो सरकार माफियामुखी भएको उनीहरुको भनाई छ । नेपाली कांग्रेस साविक बिनौना गाउँ इकाइ सभापति बालकिशुन थारुको सभापतित्वमा भएको बिरोध सभालाई कांग्रेस क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, पार्टीका राप्तीसोनारी कांग्रेस संयोजक भिमबहादुर राना क्षेत्री, पुर्वमहाधिवेशन प्रतिनिधी एवम् नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघका केन्द्रिय सभापति यमबहादुर खड्का, नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष शेखर रावत, नेपाल तरुण दल राप्तीसोनारीका संयोजक कुलबहादुर केसी, कांग्रेस क्षेत्रीय सदस्य हर्षबर्धन चौधरी, बिनौना उपसभापति सिता भण्डारी लगायत अतिथीको सहभागिता रहेको थियो । सो क्रममा कार्यकर्तालाई सम्बोधन गरेका थिए

प्रतिक्रिया दिनुहोस