no-image

सरकारी गाडि तोडफोड गर्न खोज्ने नेविसंघका ७ जना नेता कोहलपुरबाट पक्राउ परेका छन् । संघको केन्द्रीय कार्यसमितीले निकालेको विज्ञप्ति अनुसार आज देश भरका सरकारी गाडी चल्न रोक लगाइएको छ । सोही कार्यक्रम अनुसार नेविसंघका नेता कार्यकर्ताले सरकारी गाडि आगजनी तथा तोडफोड गरिरहेका छन् ।

जाजरकोटका राष्ट्रिय सभा सदस्य काली बहादुर मल्ल चढेको गाडीमा आगजनी गरेका थिए भने मधुवन नगरपालिकाका प्रमुख चेढेको गाडी नियन्त्रणमा दिएका थिए । सडकमा चलेका सरकारी गाडि रोकेर तोडफोड गर्न खोजेपछि नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए ।

पक्राउ पर्नेमा नेविसंघका बाँकेका सभापती पुर्ण आचार्य, नेता यज्ञ महरा, विवेक शाही, बागेश्वरि क्याम्पसका ईकाई सभापति राम पाण्डे, नेता कमल शाहि लगायतका ७ नेता पक्राउ परेका छन् । आन्दोलनको क्रममा कुनै अप्रिय घटना घट्न नदिन कोहलपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस