प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार पन्नालाल गुप्तको बृत्तचित्र ‘चाचाजी’ भाेली प्रर्दशन

नेपालगन्ज, माघ १९
प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार पन्नालाल गुप्तको जीवनमा आधारित बृत्तचित्र ‘चाचाजी’ प्रर्दशनको सबै तयारी पुरा भएको छ । उक्त बृत्तचित्र आइतबार नेपालगन्जस्थित होटल कलपत्रुमा बेलुका साढे ५ बजे प्रर्दशन गरिदैछ ।
नेपाल प्रेस युनियन बाँकेको संयोजनमा गर्न लागिएको उक्त कार्यक्रमको सबै तयारी पुरा भएको प्रेस युनियनका केन्द्रिय सदस्य एवम् कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिए । ‘कार्यक्रमको तयारी पुरा भईसकेको छ,’ संयोजक केसीले भने ‘बृत्तचित्र अवलोकन गर्न समयमै उपस्थित हुन आग्रह गर्दछौं ।’
युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले बृत्तचित्र अवलोकन गर्न सबैलाई निमन्त्रणा गरिएको बताए । कार्यक्रममा उपस्थित हुन बाँकेका सम्पुर्ण पत्रकार, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षा निकाय, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधी, उद्योगी, ब्यवसायी, समाजसेवी, बिद्यार्थी सबैलाई उनले आब्हान गरेका छन् । बृत्तचित्र प्रर्दशनी गरेर संकलन भएको रकम ‘पन्नालाल गुप्त पत्रकारिता पुरस्कार कोष’ मा जम्मा गरिने र हरेक वर्ष पत्रकारलाई पुरस्कार गरिने उनले जनाए । बृत्तचित्रमा पत्रकार सन्तोष रेग्मीको निर्देशन रहेको छ । नेपालगन्ज निवासी वरिष्ठ पत्रकार गुप्त युनियन बाँकेको संस्थापक अध्यक्ष हुन् ।
विगत चार दशकभन्दा बढी समयदेखी प्रकाशित हुदै आएको स्थानीय किरण साप्ताहिकका प्रकाशक÷सम्पादक समेत रहेका ९० वर्षिय चाचाजीको सम्मानमा यसअघि युनियनले नेपालगन्जमा रथारोहनसहित भब्य रुपमा नागरिक अभिनन्दन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस