२७३ जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरियो

फत्तेपुर, बाँके÷इकरा पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि., डुडुवा गाउँपालिका, कम्दी–५, बाँकेले आप्mनो स्थापना भएको ६ महिना भित्र दोस्रो निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
इकरा पोलिक्लिनिकको आयोजनामा तथा राप्त सोनारी गाउँपालिका–७ फत्तेपुर, बाँकेको सहयोगमा राप्ती सोनारी गाउँपालिका फत्तेपुर बाँकेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
इकरा पोलिक्लिनिकका अध्यक्ष मुनीर खानको सभापतित्वमा सम्पन्न भएको उक्त स्वास्थ्य शिविरमा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष राम लखन थारु, विशेष अतिथी भेरी अञ्चल अस्पतालका नाक कान तथा घाटी विशेषज्ञ डा. अजय वैश्य, डा. सम्साद खाँ, नेपाल पत्रकार महासंघका पूर्व अधयक्ष रुद सुबेदी, अतिथीहरुमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका डा. मोहम्मद अली, नयाँ पत्रिकाका सम्वाददाता विश्वराज पछल्ङडगैया, खबर नेपालगन्ज दैनिक पत्रिकाका प्रधान सम्पादक रईस शाही, स्थानीय प्रहरी चौकीका प्रमुख, नेपालगंज मेडिकल कलेज कर्मचारी संगठन विभागीय कमिटीका अध्यक्ष अशोक कुमार दीक्षित तथा मेडिकल कलेज नेपालगन्जका स्वास्थ्य टोली समेतलाई आशन ग्रहण गराइएको थियो ।
आशन ग्रहण पश्चात गाउँपालिका अध्यक्ष राम लखन थारु, नेपालगंज मेडिकल कलेज र भेरी अञ्चल अस्पतालका चिकित्सक तथा सदरलाईनडटकमका सम्पादक रुद सुबेदीले उक्त १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको ब्यानर खोली उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा इकरा पोलिक्लिनिकका प्रबन्ध सञ्चालक मुस्लिम खानले कार्यक्रम सञ्चालन गर्दै राप्ती सोनारी गाउँपालिकाले शिविरमा सहयोग गरेकोमा धन्यवाद दिंदै निःशुल्क स्वास्थ्य शिविर विशेष गरी स्थानीयहरु अस्पतालको पहुँच नभएकाहरुको लागि आयोजना गरिएको बारे बताउँदै इकरा पोलिक्लिनिकले फत्तेपुर गा.पा.को घर–घरमा स्वास्थ्यको पहुँच होस् भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको फत्तेपुरमा यो पहिलो निःशुल्क स्वास्थ्य शिविरबाट पक्कै स्थानीयवासी लाभान्वित हुनेछन् भन्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा आप्mनो मन्तव्य राख्दै गाउँपालिकाका अध्यक्ष राम लखन थारुले इकरा पोलिक्लिनिकद्वारा १ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएकोमा धन्यवाद व्यक्त गर्दै आज यस गाउँपालिकाका सम्पूर्ण नागरिकहरुले आ–आप्mना स्वास्थ्य परिक्षण गराई लाभान्वित हुनेछन् साथै आपूm यस गाउँपालिकाको स्वास्थ्य सेवाका लागि हरेक समय अगाडी रहने तथा कहिल्यै पछाडी नहट्ने प्रतिबध्ता जाहेर गर्नु भएको थियो ।
कार्यक्रमलाई समापन गर्दै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति मुनीर खानले इकरा पोलिक्लिनिकले आयोजना गरेको शिविरबाट निमुखा, गरीब, असहासहरु लाभान्वित हुन भन्ने हाम्रो सोच रहेको हो । आज यस निःशुल्क शिविरमा हातेमालो गरी विशेषरुपले सहयोग गर्नु भएको राप्ती सोनारी गा.पा.को कार्यालय, गा.पा.का प्रशासन प्रहरीहरु, सञ्चारकर्मीहरु, स्वास्थ्यकर्मी टोली, स्वयम् सेवकहरु साथै स्थानीय समाजसेवीहरु लगायतकाले आ–आप्mनो स्थानबाट सहयोग गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो । कार्यक्रमको सहजीकरण इकरा पोलिक्लिनिकका प्रबन्ध निर्देशक मुस्लिम खानले गर्नु भएको थियो ।
उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविरमा महिला बिरामी १८७ जना, पुरुष बिरामी ८६ जना गरी जम्मा बिरामी २७३ जनाले स्वास्थ्य सेवा लिई लाभान्वित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस