अाज नेपाली कांग्रेसकाे ७७ जिल्लामा  प्रदर्शन, कसले कहाँ संवोधन गर्दैछन

नेपाली काँग्रेसले अाज  सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्दैछ । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो ।

७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन् । पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए।

काँग्रेसले यसपटक काठमाडौं उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।

कसले कहाँबाट संवोधन गर्दै ?
– वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् । 
–उपसभापति विमलेन्द्र निधिले धनुषामा सम्वोधन गर्दैछन् ।
–महामन्त्री डा शशाङ्क कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन्। 
–पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।
–पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापामा सम्वोधन गर्दैछन् । 
–केन्द्रीय सदस्य डा शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन्
–केन्द्रीय सदस्य नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुनेछन् । 
–केन्द्रीय सदस्य गुरु घिमिरेले अर्घाखाँचीको विरोध सभालाई सम्वोधन गर्दैछन् ।

 सरकारको विरुद्धमा माघ १३ गते बसेको काँंग्रेस केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस