नेपालगन्ज २१ माघ, समाज कल्याण परिषद्को टोलीबाट नेपाल रेडक्रस सोसाइटीद्वारा विगतमा बाँके जिल्लामा संचालन भएको विद्यालयमा आधारित स्वास्थ्य तथा सरसफाई कार्यक्रमको अनुगमन सम्पन्न भएको छ ।
अनुगमनमा समाज कल्याण परिषद्का अनुगमन टोली प्रमुख डा. होमनाथ चालिसे, टोली सदस्य दुर्गा गौतम र रेडक्रस केन्द्रका बाबुराजा बोहरा रहनु भएको थियो ।
टोलीले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव र कार्यालय प्रमुख निरञ्जना मल्ल लगायतसंग गतिविधिको बारेमा छलफल गर्नुका साथै कार्यक्रम संचालन भएको मदरसा तथा विद्यालयहरुमा स्थलगत अनुगम समेत गर्नु भएको थियो ।
अनुगमन टोलीले अनुगमन पछि रेडक्रसलाई धन्यवाद व्यक्त गर्दै परियोजनाले निर्धारण गरेको गतिविधिहरु सफलता पूर्वक सम्पन्न हुनका साथै विद्यालयमा व्यवहार रुपान्तरण, भौतिक संरचना मर्मत सम्भारमा सहयोग गरेको प्रतिक्रिया दिनु भयो ।