दाङको तुलसीपुरमा अत्याकुनिक प्रयोगशाला संचालनमा

तुलसिपुर माघ २१
दाङको तुलसीपुरमा अत्याकुनिक प्रयोगशाला संचालनमा आएको छ ।
आज सोमवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जिनोमिक डायग्योस्टीक ल्यावरेटोरी प्रा.लि. संचालनमा आएको ल्याइएको प्रबत्ता नीम प्रशाद गीरीले बताउनुभयो ।
प्रा.लि.का अध्यक्ष सुरज ज्ञवालीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रा.लिले दिने सेवा स्विधाको वारेमा जानकारी दिईएको थियो ।
प्रयोगशाला विहान ६ वजेदेखि राति ८ वजे सम्म खुल्ले छ ।
प्रयोगशालाबाट विभिन्न रुटिन परीक्षणहरु,साुमदायिक स्वास्थय परीक्षण,विशेष अवसरमा निशुल्क प्रयोगशाला जाच सेवा,परामर्श सेवा लगायतको सेवा दिने एमडि सन्तोष धौलाकोटिले जानकारी दिनुभयो ।
राप्ती अञ्चल अस्पतालको गेट नजिक आज देखि सुरुभएको जिनोमिक डायग्योस्टिक ल्याबोरेटरि प्रालिमा बुटवल देखि पश्चिम सबैभन्दा ठुलो र स्तरिय ल्याब सञ्चालन भएको ज्ञवालीले जानकारी दिनुभयो ।
करिव २ करोडको लगानीमा सुरुभएको ल्यबमा होलबडि चेक अप,थाईराईट,मृगौला ,कलेजो,आईरण,कल्चर लगायतका सेवालाई उच्च प्राथमिकता दिईएको छ ।
पत्रकार सम्मेलनमा जेष्ठ नागरिक,महिला स्वयमसेवि,पत्रकार ,अपाङ्ग र दृष्टिबिहिन लाई दस देखि २० प्रतिसत सम्म छुट दिईने जानकारी गराईएको थियो ।
साथै कार्यक्रममा अन्तिम शुक्रबार सुगरका बिरामीलाई निशुल्क फास्टिङ सुगर चेकजाच र बिभिन्न मासिक रुपमा ग्रामिण क्षेत्रमा स्वास्थ शिविरको आयोजना गरिने लगायतका सेवाहरुका बारेमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस