बाघको आक्रमणवाट शाहीको मृत्यु

वर्दिया, २२ माघ । वाघको आक्रमणवाट वर्दिया वढैयाताल गाउँपालिका सितापुरमा सोमवार एक जनाको मृत्यु भएको छ ।
आफ्नै गहुँवारीमा घास काट्न गएको वेला एक्कासी वाघले आक्रमण गर्दा ७१ वर्षिय चन्द्र वहादुर शाहीको मृत्यु भएको हो । वाघको आक्रमणवाट घाइते भएको शाहीको उपचारकोक्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा सोमवार साझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वर्दियाले जनाएको छ ।
वाघ हेर्न भन्दै गहुवारीमा गएका गाउँकै ३० वर्षिय विजय वुढा सामान्य घाइते भएको स्थानिय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस