सुदुरपश्चिम प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारको कार्यक्रम शुन्य

सुन्दर पश्चिम प्रदेशको रुपमा पहिचान बनाएको सुदुरपश्चिम प्रदेशमा प्रदेश सरकारले पर्यटन प्रवर्धनका लागि हालसम्म पनि काम गर्न सकेको छैन् । सुदुरपश्चिम प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारको कार्यक्रम कार्यान्वयनको अवस्था शुन्य जस्तै रहेको हो । चालु आर्थिक बर्षका लागि १७ वटा कार्यक्रम राखिएको भएपनि प्रवधर्नात्मक कार्यक्रम सुरु हुन सकेको छैन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले छनोट गरेका विभिन्न योजना तथा कार्यक्रमहरु आर्थिक बर्षको ६ महिना वढी वितिसक्दा पनि सञ्चालन हुन नसकेका हुन् । विभिन्न सम्भावना र त्यसमा पनि पर्यटकीय सम्भावनाको खानीको रुपमा रहेको रहेको प्रदेशको पर्यटन प्रवर्धनका लागि संघीय र प्रदेश सरकारका कुनै पनि योजना कार्यान्वय हुन सकेका छैनन् । सुदुरपश्चिम सरकारले चालु आर्थिक बर्षको लागि २३ करोड ८२ लाख तथा पर्यटन प्रवर्धनका लागि संघीय सरकारले पठाएको ४ करोड ५१ लख गरी २८ करोड ३३ लाखका कार्यक्रमहरु अलपत्र परेका हुन् ।

सुदुरपश्चिम प्रदेशका पर्यटकीय सम्भावनाहरुको प्रवद्र्धन तथा प्रचार प्रसारका लागि संघीय सरकारले पनि रकम दिएको अवस्थामा प्रदेश सरकारको योजना कार्यान्वयनको अवस्था शुन्य जस्तै रहेको हो । चालु आर्थिक बर्षको बजेटमा विभिन्न १७ वटा कार्यक्रम छनोट गरी २३ करोड ८२ लाख रकम विनियोजना गरिएकोमा ती कार्यक्रमहरु अगाडी वढ्न सकेका छैनन् । त्यसैगरी प्रदेशलाई प्रर्यटन प्रवर्धनका लागि दिईएको चार करोड ५१ लख बजेको पनि कार्यक्रम बनेर कार्यान्वयनमा जान सकिएको छैन् ।कार्यान्वयन का लागि पर्यटन मन्त्रालय नहुँदा समेत समस्या हुँदै आएको छ । मन्त्रालयको अभावमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मन्त्री मन्त्री परिषद्वाट सुदुरपश्चिम पर्यटन विकास आयोजना कार्यान्वयन ईकाई पास गरेर प्रक्रिया अगाडी वढ्ने तयारी थालिएको छ । तर त्यो ईकाईले पनि पुर्णता पाउन नसकेको मन्त्रालयको औधोगिक तथा पर्यटन प्रवद्र्धन शाखाका प्रमुख भोजराज पाठकले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेशका लागि चालु आर्थिक बर्षमा आन्तरिक पर्यटन प्रवर्धनका कार्यक्रम, घोडाघोडी ताल संरुक्षण कार्यक्रम, टुरिज्म प्रोफाईल निर्माण, निजामति कर्मचारीलाई प्रोत्सहान स्वरुप आन्तरिक पर्यटन भ्रमण, प्रदेश स्तरीय सुचना केन्द्रको स्थापना, पर्यटकीय गन्तव्यको पहिचान पुर्वाधार निर्माण र कार्यान्वयन नौ वटै जिल्लामा, रामारोशन पर्यटकीय प्रवर्धनका संरक्षण कार्यक्रम, स्थानीय समुदाय जस्तै थारु सौका मगर राना आदिलाई होम स्टे तालिम अध्ययन अवलोकन भ्रमण, सम्भाव्यता अध्ययन भई पहिचान भएका करिडोरहरुमा पुर्वाधार विकास कार्यक्रम समेटिएका छन् । त्यसैगरी साहसिक पर्यटन कार्यान्वयनका लागि प्याराग्लाईडिङ रकम क्लाईम्बिङ ¥याप्टिङ, होम स्टेका लागि सम्भावित क्षेत्रको पहिचान अध्ययन, प्रादेशिक पर्यटन विकासका लागि निति नियम कानुन निर्माण तथा पर्यटन वोर्ड वगठन गर्ने कार्यक्रम चालु आर्थिक बर्षको बजेटमा समावेश गरिएको छ । तर कुनै पनि योजनाको काम अगाडी नवढेको पाठकले जानकारी दिए ।

पर्यटन प्रवद्र्धका लागि निति निर्माण, ऐन निर्माणको काम पनि वाँकी रहेको छ । जस कारण पर्यटन प्रवद्र्धनको करौडौ रकम त्यसै फ्रिज जाने खतरा वढेको छ । तर मन्त्रालय भावी योजनाको परिकल्पनामा अघि वढिरहेको छ । चालु आर्थिक बर्षका योजना लाई अगाडी वढाउनुभन्दा पनि भावी योजना निर्माणतिर पनि मन्त्रालय अगाडी वढिरहेको छ । विभिन्न सर्किट बनाएर पर्यटन प्रवद्र्धन गर्नका लागि योजना बनाउन अघि वढिरहेको मन्त्रालयको औधोगिक तथा पर्यटन प्रवद्र्धन शाखाका प्रमुख भोजराज पाठकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस