रेडक्रसद्धारा खोज तथा उद्धार सामाग्री हस्तान्तरण

वाके,माघ २२ ।रेडक्रस वाकेकाे सहयोगमा डुडुवा गाउँपालिकालाई खोज तथा उद्धार र आपतकालिन स्वास्थ्य सामाग्री मंगलवार हस्तान्तरण गरिएको छ ।
बाढीको दृष्टिले उच्च जोखिममा रहेको डुडुवा गाउंपालिकालाई ६ लाख बराबरको खोज तथा उद्धार एक सेट रबरबोट र आपतकालिन स्वास्थ्य सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष मदन भुजेल र नेपाल रेडक्रस सोसाइटी बांकेका सभापति गोवर्धन सिंह सम्झनाले संयुुक्त रुपमा गाांउपालिका अध्यक्ष एबम स्थानिय विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्र कुमार चौधरीलाई हस्तान्तरण गरिएको सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस