बाँकेकाे डुडुवा लाई   बाढीको जोखिम न्युनीकरणका लागि सामाग्री हस्तान्तरण

डुडुवा बाँके, २२ माघ । बाढी र डुबानबाट अति प्रभावित जिल्लाको डुडुवा गाँपालिकामा विपत पुर्ब तयारी तथा जोखिम न्युनिकरणका लागि उद्धार सामाग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रलाई आधार मानी नेपाल रेडक्रस सोसाइटी र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विपद् पूर्व तयारी तथा विपद् जोखिम न्यूनिकरण कार्यक्रम र आपतकालिन स्वास्थ्य सेवा प्रतिकार्य क्षमता अभिबृद्धि कार्यक्रमको सहयोगमा खोज तथा उद्धार र आपतकालिन स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
आज आयोजित एक कार्यक्रमका बिच गाउंपालिकालाई रु ६ लाख बराबरको खोज तथा उद्धार र आपतकालिन स्वास्थ्य सामाग्री १ सेट रबरबोट र आपतकालिन स्वास्थ्य सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष मदन भुजेल र नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झनाले संयूक्त रुपमा गाांउपालिका अध्यक्ष एबम स्थानिय विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्र कुमार चौधरीलाई हस्तान्तरण गर्नु भएको हो ।
डुडुवा गाउंपालिका हरेक वर्ष डुडुवा खोला र राप्ती नदीले बाढी तथा डुबानले क्षति पुर्याएको र आगामी दिनमा सो कार्यलाई नियन्त्रणका लागि सो सामाग्री वितरण गरिएको बताउदै प्रमुख जिल्ला अधिकारी भुजेलले यस्ता सामाग्रीले समय मै खोज तथा उद्धार गरी मानविय क्षति हुनबाट बचाउनको लागि ठुलो मदत पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बांकेका सभापति गोवर्धन सिंह सम्झनाले उपलब्ध सामाग्रीहरुको उचित संरक्षण र सम्वद्र्धन गर्न आग्रह गर्नुभयो ।
गाउंपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउंपालिका र रेडक्रसको समन्वय र सम्पर्कमा कुनै पनि विपद् पूर्व तयारी तथा प्रतिकार्यका गतिविधिहरु बढाई सम्बन्धलाई अझ गाढा बनाउंने प्रतिवद्धता जाहेर गर्दै निकट भबिष्यमा थप खोज तथा उद्धार सामाग्रीहरुमा मोटरबोटहरु खरिद गरि प्रयाग गर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवाली, रेडक्रस बाँकेका मन्त्री अजिज अहमद सिद्धिकी, उपमन्त्री तेज बहादुर सुवेदी, रेडक्रस बेतहनीका सभापति सोहनलाल यादव, गाउंपालिका विपद् फोकलपर्सन मान बहादुर बोगटी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा खोज तथा उद्धार सामाग्री एबम आपतकालिन स्वास्थ्य प्रतिकार्य सामाग्रीहरुबारे जिल्ला विपत समितिका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस