भन्सार छलेर भारतबाट अवैधरुपमा ल्याईएको लाखौं मुल्यको सामान भण्डारण गरेको गोदाममा छापा

नेपालगन्ज :  भन्सार छलेर भारतबाट अवैधरुपमा ल्याईएको लाखौं मुल्यको सामान भण्डारण गरेको आशंकामा नेपालगन्ज वडानम्बर २ मा रहेको एक गोदाम घरमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले मंगलबार राती ८ बजेतिर छापामारेको छ ।

अबैधरुपमा ल्याइएको नेपालगन्ज वडा नम्बर २ स्थित एक गोदाम घरमा भण्डार गरि राखिएको अवस्थामा बरामद गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख नारायण डाँगीले बताए । उनका अनुसार अनुमानित दुई सय बोरा चामल र चेक सट ४ सय बीस थान, पेलेन सट ८० थान, सेन्डो १ हजार ४ सय ४० र अण्डरवियर २७ प्याकेट बरामद गरिएको हो ।नेपालगन्जका सरिफ सिद्दिकीले सञ्चालन गरेको स्वस्तिक टे«डर्सको नाममा दर्ता भएको उक्त कम्पनीले राजश्व छली गरि नक्कली चामल विक्रि वितरण गर्दै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस