युएइ सम्पन्न टि २० क्रिकेट प्रतियोगितामा म्यान अफ द सिरिज घोषित अभिनास बोहरा आफ्नो गृह नगर नेपालगन्जमा  भव्य सम्मान  फोटो फिचर सहित

नेपाली क्रिकेट टिमका सदस्य तथा भखरै युएइ सम्पन्न टि २० क्रिकेट प्रतियोगितामा म्यान अफ द सिरिज घोषित अभिनास बोहरा आफ्नो गृह नगर नेपालगन्जमा आज भव्य सम्मान सहित नगर परिक्रमा गराइएको छ ।

बांके जिल्ला क्रिकेट संघको अगुबाइमा आज बिहान पुस्पलाल चोक बाट शुरु शुरु भएको नगर परिक्रमा धम्बोझी बिपि चोक हुँदै त्रिभुवन चोकमा पुगेर समापन भएको क्रिकेट संघका बांके अध्यक्ष दुर्गा बहादुर थापा मगरले जानकारी दिनु भयो ।

सम्मान कार्यक्रममा बांकेका खेलप्रेमी, खेलाडी नगरबासीहरुको उल्लेख्य सहभागी रहेको थियो । सम्मान कार्यक्रम मा प्रदेश सांसद सुरेन्द्र हमाललेआफू पनि पुर्ब खेलाडी भएकोले खेलाडी को समस्या सधै हातेमालो गरेर अगाडि जाने बताए ।

कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका का उप प्रमुख उमा थापा मगरले नगरपालिकाको तर्फ बाट पनि बोहरा लाई सम्मान कार्यक्रमको आयोजना गर्ने बताए । थापाले अहिले कार्यबिधी निर्माणको क्रममा रहेकाले छिटै सम्मानको कार्यक्रम राख्ने बताए ।

बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा क्यान का केन्द्रिय सदस्य संन्जय राज सिह खेल खेलकुद बिकास समिति अध्यक्ष आतंक बस्नेत प्रशिक्षक दिपेन्द्र प्रताप सिह लगाएत को सहभागी रहेको थियो ।

बोहोराले पहिलो खेलमा १दोस्रो खेलमा ३ तेस्रो खेलमा २ बिकेट लिदै म्यान अफ द सिरिज घोषित भएका थिए ।

बांके जिल्लाको हुँदै मध्यपश्चिमको प्रतिनिधित्व गरेर थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेका थिए । बोहरा स्थानीय नेपाल टाइगर क्रिकेट क्लब बाट विभिन्न प्रतियोगिता खेल्ने गर्थे ।

प्रतिक्रिया दिनुहोस