केही दिनदेखि मौसममा सुधार भई तापक्रम बढेपनि आज साँझदेखि बदली हुने र पश्चिमी र मध्य भागका उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भोली देशका अधिकांश स्थानमा वर्षा हुने, उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो जानसक्नेतर्फ सचेत गराएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसमी विवरण सार्वजनिक गरेको छ । यसअनुसार शनिबारदेखिमात्र मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
माघ २३ गते (बुधबार)
दिउँसो : देशका पश्चिमि भू-भागमा पूर्ण बदली , मध्य भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने संम्भाबना छ। पश्चिमि भू-भागका थोरै स्थानमा हल्का बर्षा र पश्चिमि र मध्यका उच्च हिमाली भेगमा हल्का हिमपातको पनि संम्भावना रहेको छ।
राति : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र मध्यका थोरै स्थानहरुमा हल्का बर्षा सम्भावना रहेको छ| साथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको पनि संम्भावना रहेको छ।
माघ २४ गते (बिहिबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र देशको पश्चिमि साथै मध्य भु-भागको १-२ स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ|
राति : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ|
माघ २५ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ|
राति : देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ| देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।