बर्दियामा अन्तराष्ट्रिय स्तरको कभर्डहल निर्माण हुने ।

बर्दिया,भदौ,१२ ।बर्दिया सदरमुकाम गुलरियामा अन्र्तराष्ट्रिय स्तरको कभर्डहल निर्माण हुनेभएको छ । मध्यपश्चिममा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका पुर्व तयारीका केही खेलहरु बर्दियामा पनि हुने भएपछि खेलकुद सम्वन्धि भौतिक पुर्वाधार अवलोकनका क्रममा सोमवार बर्दिया आएका युवा तथा खेलकुद मन्त्री राजन केसीलेसो कुरा जानकारी गराएका हुन् । शुरुको बजेटमा न्युन बजेट २५ लाख रुपैया डीपीआरका लागि राखीएको बताउदै मन्त्री के सी.ले डीपीआर अन्तिम अवस्थामा पुगेकोले केहीदिन भित्रै डीपीआर रिर्पोट आएपछि त्यसैको आधारमा आवश्यकता अनुसारको बजेट निकासाका लागि प्रकृया अगाडी बढाईने समेत वताएका छन् । नेपाल सरकारले आफनोृ बजेटमा सम्वोधन गरिसकेको अवस्थामा त्यसमा पैसा बढाउन समस्या नहुने समेत उनले दावी गरेका छन् । मन्त्री केसीले कभर्डहल निर्माणका लागि ठाउँ पहिचान भएर डिपिआर बनी सकेको अवस्थामा केही रकम बढाएर यो ठाँउलाई बर्दिया जिल्लाकै नमूना खेल मैदानको रुपमा राख्ने प्रतिवद्धता समेत गरेका छन् । बबई बहुमुखि क्याम्पस नजिकै रहेको खेलकुदमैदानमै कभर्डहल वन्ने भएपछि बर्दियावासी खुशी भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस