उच्च अदालत तुुलसीपुुर नेपालगन्जले बर्दिया जिल्लाका नागरिकहरुलाई स्वास्थ्य सेवाको उचित प्रबन्ध मिलाउन परमादेशको आदेश

सोम गुुरुङ,नेपालगन्ज २४ माघ ÷बर्दिया जिल्लाका नागरिकहरुलाई रोगको औषधी परिक्षण, औषधी उपचारको ब्यवस्था मिलाउनु, दरबन्दी अनुुसार चिकित्सक एवं अन्य र्काचारीहरु यथाशिघ्र पदपूर्ति गरि स्वास्थ्य सेवाको उचित प्रबन्ध मिलाउनुु र सेवाग्राहीहरुलाई आकस्मिक र आधारभुत स्वास्थ्य सेवाबाट कदापि वन्चित नगर्नु नगराउनुु भनी उच्च अदालत तुुलसीपुुर नेपालगन्ज इजलासका माननीय न्यायाधीश प्रेमराज कार्की र माननीय न्यायाधीश खुुशी प्रसाद थारुको संयुक्त ईजलासबाट विपक्षीको नाउँमा परमादेशको आदेश जारी भएको छ । परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ माग राख्दै २०७५ कार्तिक ८ गते उच्च अदालत तुलसीपुर ईजलाश नेपालगजंमा सार्वजनिक सरोकारको रिट परेको थियो ।
सो सार्वजनिक सरोकारको रिट निवेदन दिनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सदस्य लक्ष्मी ज्ञवाली, बर्दिया गुुलरिया नगरपालिका वडा नं.४ निवासी सिमा हमाल रहेका छन् । विपक्षीहरुमा जिल्ला जनस्वास्थ कार्यालय बर्दिया, गुलरिया नगरपालिकाको कार्यालय बर्दिया, जिल्ला अस्पताल बर्दिया गुलरिया र जिल्ला अस्पताल बर्दिया गुलरिया सचांलन तदर्थ समिति बर्दिया रहेका छन् । २३ गते भएको बहसमा निवेदकहरुको पक्षबाट अधिवक्ताहरु,विश्वजित तिवारी, सुुनिल श्रेष्ठ र प्रल्हाद बहादुर कार्की समेतले बहस गर्नु भएको थियो भने विपक्षी तर्फबाट उच्च सरकारी वकील कार्यालय नेपालगन्जका तर्फबाट उपस्थित शाखा अधिकृत खुुम बहादुुर कुुवरले बहस गर्नुु भएको थियो ।

बर्दिया जिल्ला अस्पतालमा नेपाल सरकारले तोकेको दरवन्दी भएपनि सो दरवन्दी अनुुसार चिकित्सक,नर्स,कर्मचारीहरु पर्याप्त नहुुदाँ बिरामीहरु सेवासुविधाहरुबाट वन्चित हुुनुु परेको गुुलरिया नगरपालिका वडा नं.४ का स्थानीयबासिन्दा अमित चन्द बताउँछन् । हाल जनस्वास्थ्य सेवा ऐन २०७५ पनि लागुु भईको अवस्था छ । नेपालको संविधानले प्रत्याभुत गरेको निशुल्क आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित प्रभावकारी ,गुणस्तरिय तथा सर्वसुलभ तुल्याई नागरिकको पहुच स्थापित गर्नको लागि जनस्वास्थ्य सेवा ऐन २०७५ को प्रस्तावना ऐ को दफा २ (क) मा आकस्मिक स्वास्थ्य सेवा, २ (ख) मा आधारभुत स्वाथ्य सेवा परिच्छेद २ मा सेवाग्राहीको अधिकार ,कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्व दफा ३ स्वास्थ्य सेवाको पहुच तथा सुनिश्चितता,दफा ४ मा आकस्मिक उपचार,दफा ५ विशेषज्ञ सेवा,दफा ६ प्रेषण (रेफरल) सेवा दफा ७ मा गुणस्तीय स्वास्थ्य सेवा प्रदान गर्नै दफा १० मा सेवाग्राही लाई जानकारी दिनु पर्नै दफा १५ डिस्चार्ज (बहिर्गमन ) साराशं दिनु पर्नै,दफा १६ स्वास्थ्य संस्थाको दायित्व दफा २५ स्वास्थ्य संस्थाले गुणस्तर कायम गर्नु पर्ने समेतको कानुनी व्यवस्था रही आएको छ ।

प्रतिक्रिया दिनुहोस