नेपाल बिद्यार्थी संघ, बाँकेले शुक्रबार सरकारी र अर्ध सरकारी सवारीसधानका साँचो आधा दर्जन कब्जामा !

पोखरामा पक्राउ परेका आफ्ना नेताहरुको रिहाईको माग गर्दै नेपाल बिद्यार्थी संघ, बाँकेले शुक्रबार नेपालगन्जका चोक चोकमा सरकारी र अर्ध सरकारी सवारीसधान रोकेको छ । बिपिचोकमा जम्मा भएका संघ आवद्ध बिद्यार्थीहरुले दिउँसोसम्म आधा दर्जन सरकारी गाडी रोकेर साँचो नियन्त्रणमा लिएका छन् ।यस्तै बाँकेका सबै स्थानिय तहहरुमा पनि बिद्यार्थीहरु सडमा आएर सरकारी सवारी साधनहरु रोक्ने गरेको नेबि संघ बाँकेका जिल्ला अध्यक्ष पुर्ण आचार्यले जानकारी दिए।  संघले भोली शनिबार पनि गाडी नियन्त्रणमा लिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस