डडेलधुरामा चट्याङ लागेर दुईजनाको मृत्यु

चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन्। जिल्लाको भागेश्वर गाउँपालिका- ५ सलेताकी २० वर्षीया सरस्वती नाथको बिहीबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

राति सुतिरहेको अवस्थामा चट्याङ लागेर नाथको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।त्यस्तै, अमगढी नगरपालिका-३ रजोडामा पर्ने राजपुर सामुदायिक वन उपभोक्ता समुहको भवनमा सुतिरहेका बझाङ जिल्ला दुर्गाथली गाउँपालिका ७ का ४८ वर्षीय गोगन दौल्यालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ।

भागेश्वर गाउँपालिका- ५ का चारजना घाइते भएका छ्न्। घाइते हुनेमा १५ वर्षीय देबेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ १२ वर्शीया शान्ति नाथ र ८ वर्षीय खगेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस