नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी अविनाश बोहरा बीबी साइकल ब्रान्ड एम्बेस्डर नियुुक्त

नेपालगन्ज : नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी अविनाश बोहरालाई बीबी साइकल कम्पनीले ब्रान्ड एम्बेस्डर बनाएको छ ।

नेपालगन्जको बीबी साइकलले बोहरालाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डर नियुुक्त गरेको हो । वर्षको एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बराबरको खेल सामग्री उपलब्ध गराउने बीबी साइकलका प्रोप्राइटर हाजीब मोहम्मद सरिफ बागवानले बताए ।

हाजीब र बोहराबीच बिहीबार नेपालगन्जमा सम्झौता गरिएको हो । बोहराले ब्रान्ड एम्बेस्डर बन्न पाउँदा निकै खुसी र उत्साही भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘आगामी दिनमा अझै राम्रो क्रिकेट खेल्ने जिम्मेवारी थपिएको महसुश भयो ।’

युएईमा सम्पन्न्न एकदिवसीय टी–२० क्रिकेट सिरिज सम्पन्न गरी बुधबार गृह जिल्ला बाँके आएका थिए ।

प्रतिक्रिया दिनुहोस