लैगिक हिंसा रोक्नको लागि किशोरीहरुलाई आत्मरक्षाको तालिम दिनुु पर्ने

सोम गुरुङ्ग, खजुुरा २५ माघ ÷ लैगिक हिंसा रोक्नको लागि किशोरीहरुलाई आत्मरक्षा तालिमको आवश्यक्ता रहेको एक कार्यक्रमका सहभागी किशोरीहरुले जोड दिएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा खजुरा गाउँपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा ३ दिने किशोरकिशोरीका लागि लैगिक यौन प्रजनन तथा बाल विवाह सम्बन्धि कानुनी प्रावधान बारे तालिममा सो कुरा बताएका हुन् ।
सो तालिममा खजुरा गाउँपालिकाका वडा नं.३ का किशोरी तथा बालक्लबका २६ जनाको सहभागिता रहेको छ । लैंगिक मैत्री वातावरण सृजना गर्न र बाल बिवाह न्यूनिकरण लागी खजुरा गाउँपालिकाका वडा नं.३ का किशोर किशोरीलाई ३ दिने तालिम प्रदान गरिएको स्याक नेपालका टिम लिडर तथा प्रशिक्षक नेत्रकला शाहीले जानकारी दिइन् । साथै उहाँले बालिका तथा किशोरीहरु यौन हिंसा र यौन दुरव्यहारमा बढी जोखिममा पर्ने हुुदाँ उनीहरुलाई तालिम दिई आफनो आत्मरक्षाको लागि सचेत बनाउन तालिम प्रदान गरिएको बताइन् । उहाँले बालअधिकार के हो ? लैगिंक हिंसा रोक्ने उपायहरुका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
सो तालिमलाई अधिवक्ता वसन्त गौतमले लैंगिक मैत्री शैक्षिक वातावरण, बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यसमा किशोर किशोरीको भुमिकाको बारेमा अभिमुखिकरण गर्नेछन । खजुरा गाउँपालिका वडा नं. ३ का सहभागी किशोरी प्रियंका थापाले आफूले यस तालिममा हिंसा भनेको के हो? हिंसा रोक्न कसरी सकिन्छ भन्ने बारे जानकारी भएको बताइन् । त्यसै गरि अर्का सहभागी आर्दश पौडेलले हिंसा कहाँ कहाँ हुुन्छनु र हिंसाबाट बच्ने उपाय बारे थाहा पाएको बताए ।
समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका सुपरभाईजर पुष्पा कुमारी सुनारले जानकारी दिईन । साथै उहाँले जानकी गाउँपालिकामा बालसंरक्षण नीति पनि बनाउन सहयोग गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस