नेकपा कोहलपुर  नगर समितिको ८१ सदस्य समितिले सपथ लिए

नेकपाका कोहलपुर नगर कमिटिका सदस्यहरुले पद तथा गोपनीयताको सपथ खाएका छन । शनिबार कोहलपुर मेडिकल कलेजको हलमा नेकपाका केन्द्रिय सदस्य तथा ५ नं. प्रदेशका सचिव जग प्रसाद शर्मा अपारले नगर कमिटि सदस्यहरुलाई सपथ खुवाएका हुन ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एंव संघिया सांसद महेश्वर गतराज अथकले तिन तहका सरकार अहिले निति निर्माणका तहमा काम गरि रहेको बताउदै अव जनताको जिवन स्तरमा परिर्वतन आउने धारणा राखे । उनले तिन ओटै सरकारका कामले गति लिएको बताउदै दिर्धकालिन योजना बनाएर सरकारले काम गरि रहेको बताए ।कार्यक्रममा बोल्दै प्रदेश ५ कि कृषि मन्त्री आरति पौडेलले कृषि क्षेत्र लाई आधुनिकिकरण गर्न प्रदेश सरकार लागि परेको बताईन । उनले सरकार भुमि ऐननिमार्णको अन्तिम चरणमा रहेको बताउदै छिटै जनताको हात हातमा लाल पुर्जा बितरण गर्ने बताईन । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश यादव, मोहमद हारुनले पनि नव गठिन नगर समिति सदस्यहरु लाई शुभकामना दिएका थिए । कार्यक्रममा प्रदेस समिति सदस्यहरु प्रकास सुबेदी, अकल बम, असोक कोईराला, पुजन बिश्वकर्मा, नरेन्द्र न्यौपाने, नरेन्द्र पाण्डे, अतहर हुसेन फारुकी, प्रदेश संसद आई पि खरेल, कृष्णा केसी नमुना, नेताहरु असोक रोकाय, गोपाल गिरी, सुर्य ढकाल, अब्दुल हुसेन खाँ, असोक पोखे्रल, ओम प्रकास केसी प्रयत्न, लगायतको पनि सहभातिा रहेको थियो ।
सनिवार नै नेकपा कोहलपुर  नगर समितिको ८१ सदस्य समितिले सपथ लिएको नगर सचिव तुलाराज बिष्ट बिहानिले जानकारी दिए । कार्यक्रममा बोल्दै नगर अध्यक्ष बसन्ति अधिकारीले स्थानिय , प्रदेश र केन्द्र सरकार संगको समन्वयमा बिकासका काम लाई प्राथमिकताका साथ अगाडि बढाउने बताईन ।

प्रतिक्रिया दिनुहोस