भौतिक अवस्था र उपकरण खरीदका लागि प्रदेश न. ५ को सरकारले भेरी प्रादेशिक अस्पताललाई ८ करोड ७ लाख ७८ हजार

भौतिक अवस्था र उपकरण अभावले प्रदेश ५ का सरकारी अस्पतालको उपचार सेवा प्रभावित हुँदै गएको छ । सस्तोमा उपचार गराउन भन्दै सरकारी अस्पताल पुग्ने अधिकांश बिरामी निजी अस्पतालमा चर्को मुल्य तिरेर उपचार गराउन बाध्य छन् । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेश मातहत आएका अस्पतालको सुधार अभियान चलाएको छ । त्यसअन्तरगत माग र आवश्यकताका आधारमा प्रदेश मातहतका अस्पतालहरुमा उपकरण तथा कार्यक्रममा राहत दिन थालेको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले उपकरण खरीदका लागि ९ करोड ४ लाख ५० हजार रकम पाएको छ ।

भेरी प्रादेशिक अस्पताललाई ८ करोड ७ लाख ७८ हजार र राप्ती प्रादेशिक अस्पतालले ४ करोड ६२ लाख उपकरण खरीदका लागि रकम पाएका छन् । आर्युवेद चिकित्सालय दाङले ७० लाख र लुम्बिनी आर्युवेद चिकित्सालयले ५० लाख रुपैया अनुदान पाएका छन् । जिल्ला अस्पताल तथा जिल्ला आर्युवेद अस्पतालले पनि १३ देखि ४३ लाख रुपैयासम्म अनुदान पाएका छन् । सामाजिक विकास मन्त्री सुदर्शन बरालले चालु आर्थिक वर्षमा चालु र पुँजीगत गरी १९ अस्पताललाई २६ करोड ९४ लाख ३० हजार बजेट छुट्याएको बताउनुभयो । संघ मातहतमा रहेका प्रदेशका २५ अस्पताल अहिले प्रदेश सरकार मातहतमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस