नेपालगन्ज र डुडुवाको विकासमा ७ सय करोड बजेट  शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले जानकारी

नेपालगन्ज, माघ २७
आईतबार नेपालगन्ज आर्ईपुग्नु भएका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले चालू आर्थिक बर्षमा नेपालगन्जको विकासमा ७ सय करोड बजेटको काम भैईरहेको बताउनुभएको छ । नेपालगन्ज उपमहानगरपालिका १५ स्थित हनुमान निमावि स्कुलमा आयोजित सरस्वती पुजा कार्यक्रममा सहभागी भएका मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा मात्र ७ सय करोडको काम भैईरहेको बताउनुभएको हो । सरस्वती पुजा कार्यक्रममा बोल्दै मन्त्री राईले अवको ४ बर्षमा नेपालगन्जमा विकास कहाँ गर्ने बजेट लगानी र काम गर्ने योजना खोज्न मुस्किल हुने दावी गर्नुभयो । ७ सय करोडमा हिरिमिनियामा कोल्ड स्टोर, जमुना हिरमिनिया सडक कालोपत्रे, दर्जनौ मन्दिर, मस्जिद, खेलकुद मैदान, गुरुद्धाराको मर्मत सम्भार र काम हुने जानकारी दिनुभयो । यस्तै मन्त्री राईले बाल उद्यान, पार्क, पिकनिक, चिडियाखाना, सभा हल, वाटरपार्कमा उद्यान बन्दै गरेको बताउनुभयो । नेपालगन्ज र डुडुवामा केन्द्रिय बजेटमार्फत दुई सय करोड र संघन शहरी विकास कार्यक्रम अन्तर्गत एडिबीको लगानीमा ५ सय करोडको काम भैईरहेको बताउनुभयो । यस्तै राजधानीबाहिर पछि पहिलो पटक भेरीअञ्चल अस्पताल नेपालगन्ज एसीसहितको ५ सय शैयाको बेड निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । उपत्यकापछि पहिलो एसीसहितको निशूल्क बेड पाउने यो पहिलो अस्पताल हुने उहाँको दावी थियो । गुहजिल्ला नेपालगन्ज आउनुभएका मन्त्री राईले हनुमान निमावि स्कुल जमुनाहमा सरस्वती पुजा गर्नुभएको थियो । यस्तै डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिका सबै वडाहरुमा सुविधासम्पन्न स्वास्थ्य चौकीको काम भैईरहेका उहाँको भनाई थियो । बाँकेको विकासमा विना विभेल विकासका काम भैईरहेको छ । मन्त्री राईले हनुमान निवामावि स्कुल जमुनाह नेपालगन्जमा सरस्वती पुजा गर्नुभएको थियो । बाँके जिल्लाको समग्र विकासमा धार्मिक, जातीय, भाषीक र सामाजिक विभेदविना काम भैईरहेको मन्त्री राईको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस