अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय नेपालगञ्जले स्टिङ्ग अपरेशन संचालन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय नेपालगञ्जले स्टिङ्ग अपरेशन संचालन गरेको जनाएको छ । आईतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आयोगले भ्रष्टाचारी बिरुद्ध स्टिङ्ग अपरेशन संचालन गरेको जनाएको हो । अपरेशन अनुसार हालसम्म १३ जनालाई घुस रकम सहित रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ । चालू आर्थिक वर्षको माघ महिनासम्म ८ वटा स्टिङ्ग अपरेशन गरेकोमा १२ जना पुरुष र १ जना महिलालाई घुस रकम सहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।स्टिङ्ग अपरेशनका क्रममा अस्थायी प्रहरी पोष्ट बसपार्क बाँके, गुलरिया नगरपालिका बर्दिया, इलाका प्रहरी कार्यालय मैनापोखर, राजापुर नगरपालिका बर्दिया, भूमिसुधार तथा मालपोत कार्यालय बाँके, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेत र नेपालगञ्ज सव डिभिजन वन कार्यालय बाँकेबाट बिभिन्न ब्यक्तिहरुलाई घुस रकम सहित नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख गणेश गैरेले जानकारी दिए । बाँकेमा ३ वटा, बर्दियामा ३ वटा र दाङ्गमा एउटा स्टिङ्ग अपरेशन गरिएको गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस