नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १४ मा ४५ करोडको लागतमा निर्माण  हुने नेपालगञ्ज सभागृहको शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले मन्त्री राईले सिलन्यास

नेपालगञ्ज, २८ माघ । शहरी विकास मन्त्रालयद्धारा नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १४ मा ४५ करोडको लागतमा निर्माण गर्न लागिएको नेपालगञ्ज सभागृहको सोमवार शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले मन्त्री राईले सिलन्यास गरेका छन सिलन्यास कार्यक्रमलाई संम्बोधन गदै मन्त्री राईले बाँके निर्वाचन क्षेत्र नम्बर २ मा सात अर्ब भन्दा बढीका विकास योजनाहरु ल्याउन सफल भएको बताउँदै यो क्षेत्रलाई विकास नमूना क्षेत्र बनाइने प्रतिवद्धता ब्यक्त गरेका छन ।

मन्त्री राईले आफ्नो जिल्ला, नगर र गाउँको विकासका लागि सबै दल र स्थानीय बासिन्दा एकजुट हुनैपर्ने उनको भनाई थियो । ‘भोली निर्वाचनको बेलामा सबै आ आफ्नो एजेण्डामा लागेपनि अहिले सबैले मिलेर विकासको एक मात्र एजेण्डामा लाग्नु पर्छ’उनले भने ।
नेपालगञ्ज उपमहानगरलाई पनि देशकै नमूना नगर बनाउने लक्ष्यका साथ उपमहानगरपालिका र शहरी विकास मन्त्रालयले मिलेर काम गरिरहेको जनाउँदै उनले सो काममा नेपालगञ्जका मेयर डा. धवल शमशेर राणाको राम्रो सहयोग रहेको बताए ।

बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत नेपालगञ्ज र डुडुवामा अहिले करिब ४५ किलो मिटर सडक कालोपत्रे गर्ने कार्यलाई बिशेष प्राथमिकतामा राखिएको उनले बताए ।
नेपालगञ्जमा अत्याधुनिक सभागृहको लामो समयदेखि निकै अभाव रहेको उल्लेख गर्दै मन्त्री राईले यो सभागृहलाई निर्धारित समयमै पुरा गर्न निर्माण व्यवसायीसंग आग्रह गरे ।
सो अवसरमा प्रदेशसभाका सांसद विजय बहादुर यादवले बाँके क्षेत्र नम्बर २ का लागि सात अर्ब भन्दा बढीका विकास योजना ल्याउन सफल भएकोमा मन्त्रीलाई धन्यवाद दिए ।
सो अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणाले नेपालगञ्जको विकास तिव्र गतिमा भैरहेको बताए । उनले नगरको विकासका लागि सबैसंग सहकार्य गरिरहेको जनाए ।
मन्त्री राईले सोमवारनै वाटरपार्क नजिक चिल्ड्रेन पार्क र पिकनिक स्पट र बाइपास सडकको पनि सिलन्यास गरेका छन् । यी कार्यक्रममा पनि उनले बाँकेको विकासलाई तिव्र रुपमा अगाडी बढाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस