निष्टा र ईमान्दारिता नभए बिकाश हुन नसक्ने —बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गवाङ्ग

दुर्गा आचार्य
बर्दिया,माघ,२९। बिकाश निर्माणका लागि कुनैकुराको समस्या नभई निष्टा र ईमान्दारीताको मात्रै समस्या रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गवाङ्गले वताए । निर्माण व्यवसायी संघ,बर्दियाको १६औ बार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा उनले यस्तो वताएका हुन् । निष्टा र ईमान्दारीताकै खडेरीकै कारण बिकाश शुसासन र सम्वृद्धि कायम हुन नसकेको प्रजिअ कुरुङ्गबाङ्गले निर्माण व्यवसायी हरुबिच वताएका छन् । राष्ट्रिय आयोजना अन्र्तगत बर्दियामा पनि ठूला —ठूला आयोजना संचालनमा अएको भएतापनि बिकाशको हिसावले अन्य जिल्लाको तुलनामा बर्दिया अगाडी बढ्न नसकेकोमा दुःख समेत उनले व्यक्त गरे । आयोजना मात्रै हुदैमा बिकाश हुन नसक्ने यस्का लागि कर्मचारी र निर्माण व्यवसायी ईमान्दार हुनु पर्ने कुरुङ्गवाङ्गको भनाई छ । आफु बर्दिया जिल्लामा जिल्ला प्रमुख भएर आएको ९ महिने कार्यकालमा कुनैपनि निर्माण व्यवसायी संग अनुचित सम्वन्ध र लाभ नलिएको प्रजिअले वताएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रबि सिँहले निर्माण व्यवसायी हरुले अत्याधिक घटीमा कुनैपनि ठेक्का नलिन निर्दैशन दिएका छन् । घटायर ठेक्का लिने निर्माण व्यवसायीलाई संरक्षण पनि नगरिने केन्द्रीय अध्यक्ष सिहको भनाई छ । घटायर लिईएका ठेक्काबाट निर्माण भएका संरचाना हरुको गुणस्तर समेत नहुने भएकाले यस्ता कामलाई निरुस्साहित गर्नु पर्ने उनको भनाई छ । ५ करोड सम्मको काम स्थानीय निर्माण कंपनिलाई स्थानीय तहले दिनुपर्ने समेत उनले वताएका छन् । स्थानीय निर्माण क्रंपनीले स्थानीय स्तरको काम गरेमा उनीहरुमा अपन्वतो हुनुको साथै काम पनि गुणस्तरि हुने दावी सिहको छ । निर्माण व्यवसायी हरुको जटिलतालाई तत्काल ठाँउमानै पुगेर प्रशासनले समाधान गर्नै परिपाटीका कारण बर्दियाका निर्माण व्यवसायीहरुलाई गुणस्तरिय र कामप्रति जवाफ देहिता हुन हौसला मिलेको निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले वताए । कार्यक्रममा जिल्ला भरिका निर्माण व्यवसायी हरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस