स्मार्ट मन्टेश्वरी स्कूल  शैक्षिक तथा आध्यात्मिक महोत्सव

२९ माघ स्मार्ट मन्टेश्वरी स्कूल बनाउनको लागि नेपालगन्जमा शैक्षिक तथा आध्यात्मिक महोत्सव २०७५ भोलिदेखि संचालन हुने भएको छ । ग्ल्याडसम किन्डर गार्टेन एकेडेमी नेपालगन्जको आयोजनामा भोलिदेखि सुरु हुने शैक्षिक तथा आध्यात्मिक महोत्सव फागुन ८ गतेसम्म संचालन हुने आयोजकले सोमवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बागेश्वरी मन्दिर परिसरमा हुने श्रीमद् भागवत कथा एवं श्रीमद् भागवत गीता प्रवचन स्वसंमवेद ज्ञान महायज्ञ २०७५ को शुभ आयोजना गरिएको आयोजकले जनाएको छ । मन्टेश्वरी स्कूललाई नेपालगन्ज शहरकै पहिलो स्मार्ट स्कूल बनाउने पवित्र उद्देश्यले स्कूल्को भौतिक पुर्वाधार निर्माणका लागि सहयोगार्थ आयोजना गरिन लागेको मन्टेश्वरी स्कूलका डाइरेक्टर लोक बहादुर शाहले जानकारी गराउनुभयो । नेपालगन्ज जाऔं, शैक्षिक तथा आध्यात्मिक महोत्सवमा रमाऔं भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको डाइरेक्टर शाहले जानकारी गराउनुभयो । शैक्षिक तथा आध्यात्मिक महोत्सवमा हरेक दिन विहान ७ बजेदेखि राती १० बजेसम्म प्रवचन हुने जनाईएको छ । प्रवचनमा भारत बृन्द्धाबनधामबाट पण्डीत ऋषीकेश पोख्रेलले नेपाली भाषामा प्रवचन दिनुहुने छ भने डां. स्वामी मस्त बाबा गुरुले नेपाली, हिन्दी र मारवाडी भाषामा प्रवचन दिने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । हरेक दिन भक्तजनहरुलाई प्रवचन तथा आध्यात्मिक ज्ञानका कुरा सिकाउने डां. स्वामी मस्त बाबा गुरुले बताउनुभयो । प्रत्येक दिन पुजा अर्चना विहान ७ बजेदेखि साढे ९ बजेसम्म,विहान १० बजेदेखि ५ बजेसम्म साङगितिक कथा प्रवचन, देवलीला, झा“की प्रर्दशन, प्रत्येक दिने ७ बजेदेखि १० बजेसम्म नेपाली, हिन्दी भाषामा कथा भजन किर्तन देवलीला र झा“की प्रर्दशन गरिने आयोजकले जनाएको छ । भोलि पहिलो दिन बागेश्वरी मन्दिर परिसरबाट कलश यात्रा गरि नगरका विभिन्न भागको परिक्रमा गरि पुनः बागेश्वरी स्थलमा पुगी महोत्सव सुभारम्भ गरिने आयोजक टिमले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस