no-image

दुर्गा आचार्य
बर्दिया,फाल्गुण,१।
बर्दियाको मधुवन नगरपालिकामा हने दोस्रो मेयरकप रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।फागुन २ गते देखि ५ गते सम्म आयोजना हुने प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको हो । यस पटकको मेयरकपमा खेलाडीलाई हौसला बढाउन प्रत्येक इभन्टमा –खेलमा नगत सहित प्रमाण पत्र र मेडल प्रदान गर्न लागेको सहआयोजक नेपाल राष्«िटय नमुना माद्यायामिक विद्यालय ढोढरीका प्रद्यानाध्यापक पुर्ण चन्द्र प्रोखेलले वताए । गत वर्षको मेयरकपमा फुटवलमा मात्रै नगत पुरुषकारको व्यवस्था गरिएको थियो यस पटक हामीले खेलाडीलाई हौसला बढाउन प्रत्येक इभेन्टमा नगत सहित प्रमाण पत्र र मेडल प्रदान गर्न लागएिको वताईएको छ ।
एघारौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको लागि छनौट समेत हुने सो खेलमा मधुवन नगरपालिकाका १९ ओटा विद्यालय सहभागी हुने भएका छन्। जसमा ९ ओटा सामुदायिक माध्यमिक विद्यालय, २ ओटा संस्थागत माध्यमिक विद्यालय रहेका छन् । त्यसै गरि ५ ओटा सामुदायिक र ५ ओटा संस्थागत विद्यालय सहभागी हुने छन् ।। २ गते उद्घाटन र ५ गते समापन हुने सो खेलमा विभिन्न दुरीका दौड, फुटबल, भलिवल, जम्प लगाएत १७ ओटा खेल हुने भएका छन् । खेलको तयारी पुरा भएको मधुवन नगरपालिकाका शिक्षा शाखाका स्रोतव्यक्ती गोकुलप्रसाद पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस