कञ्चनपुरमा भेटिएको १८ किलो सुन तस्करीमा प्रहरीकै संलग्नता

काठमाडौं : बिहीबार कञ्चनपुरमा भेटिएको १८ किलो सुन तस्करीमा प्रहरीकै संलग्नता रहेको खुलेको छ। भारतमा चालक रहेका दाजु लक्ष्मण तिरुवासँग सेटिङ मिलाएर जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सिपाही भाइ सुरज तिरुवाले सुन तस्करी गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डीआईजी निरज शाहीले जानकारी दिए।

लक्ष्मणले भारतीय ब्यापारीसँग सुन गाडीमा ल्याएर सिपाही भाइ सुरजलाई दिएको र सुरजले ससुरालीमा लगेर गाडेको रहस्य खुलेको हो। यसरी सुरजले सुन ससुरालीमा गाडेको थाहा पाएपछि प्रहरीले बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका-२ स्थित सुन्दरबस्तीमा रहेको भरत विकको घरबाट १८ केजी सुन बरामद गरेको हो। प्रहरीले तिरुवा दाजुभाइलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको डीआईजी शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस