एक घर एक सीप रोजगारीको आधार,समृद्ध कोहलपुर समाजबादको पुर्वाधार नारा सहित कोहलपुर नगर सभा सुरु


कोहलपुर भाद्र १३ । एक घर एक सीप रोजगारीको आधार,समद्ध कोहलपुर समाजबादको पुर्वाधार नारा सहित कोहलपुर नगरपालिका बाँकेको मंगलबार देखि कोहलपुरमा नगर सभा सुरु भएको छ ।
नगर सभामा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले २५ बुदे आर्थिक बर्ष २०७४÷२०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गदै कोहलपुर नगर लाई समृद्ध बनाउनका लागी २०७४÷२०७५ बर्षलाई पुर्वाधार निर्माण बर्षको रुमा मनाउने कृषि तथा पशुपालन,आधारभुत स्वास्थ्य र सरसफाई,सडक र सिचाई र समाजिक बिकाशलाई जोड दिएको छ ।

मेयर लुट बहादुर रावतले प्रस्तुत गरिएको निती तथा कार्यक्रमा नगर स्तरिय गौरवका आयोजना तथा परियोजनामा कोहलपुरमा औद्योगिक क्षेत्र स्थापना गर्ने, आधुनिक सुबिधा सम्पन्न सिटी हल, रगंशाला तथा कभर्डहल निर्माण, योग तथा ध्यान केन्द्र,आधुनिक बस टर्मिनल यातायात साधनको लागी पार्किङ्ग स्थल,अटो भिलेज निर्माण,कोहलपुर चौराहाको पार्कलाई कोल र बाघ स्तम्भ निर्माण, गोलर्पाकमा आधुनिक घण्टाघर निर्माण , दिगो फोरहर व्यवस्थापन गर्नका लागी आधुनिक ल्याण्डफिल साईट निर्माण गरिने निती तथा कार्यक्रमा उल्लेख गरिएको छ ।

समाजिक सुरक्षा भत्ता घरदैलोमा गई बितरण गर्ने प्रत्येक वडामा जेष्ठ नागरिक स्वास्थ्य शिबिर संचालन गर्ने, महिला तथा बालबालिका पुर्नस्थापना गृह संचालन गर्ने, लैंगिक हिंसा मुक्त नगरको बिकाश गर्ने, पत्रकारका लागी संचारग्राम निर्माण गर्ने कोहलपुर नगरका सबै बालबालिकालाई आधारभुत तथा माध्यामिक तहसम्म निशुल्क शिक्ष प्रदान गर्ने निति तथा कार्यक्रम उललेख गरिएका छन ।

सभामा बाँके १ का सासद देवराज भारले कोहलपुर नगरको भबिष्य जनप्रतिनिधीको हातमा भएको हुनाले जनचाहाना बमोजिम निति तथा कार्यक्रम आएको हुनाले सोहि बमोजिम बजेट ल्याउनु पर्ने बताए ।

कोहलपुर नगर पालिका उपमेयर संन्जु कुमारी चौधरीले सभासदलाई स्वागत गदै कोहपुलरको समृद्धिका लागी साझा सहमती साझा संकल्पको अवधारण लिएर जनप्रतिनिधी अगाडी बढेमा कोहलपुर नगरको प्रगतिलाई कसैले छेक्न नसक्ने बताईन ।

सभामा बाँके जिल्ला समन्वय समितीका सदस्य गुठु थारु नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप बाग्ले लगायतका बक्ताहरुले नगर सभाको सफताको शुभकामना व्यक्त गरेका थिए

 

प्रतिक्रिया दिनुहोस